हेटौंडाः लागु औषध गाँजा सहित मकवानपुर प्रहरीले बिहीबार एक जनालाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको गस्ती टोलीले हेटौंडा–१९ नेवारपानीबाट लागु औषध गाँजा सहित मनहरी–२ बस्ने २६ वर्षिय बिर बहादुर दोङलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी नायव निरिक्षक राजेश कुमार यादबको कमाण्डमा खटिएको गस्ती टोलीले शंकास्पद रुपमा हिँडीरहेका दोङलाई सुरक्षाजाँच गर्ने क्रममा झोला भित्र लुकाई छिपाई ल्याएको गाँजा ५ केजि ४ सय लागु औषध ग्राम फेला पारेको प्रहरीले जनाएको छ । लागु औषध गाँजा सहित दोङ बिरुद्ध आवश्यक अनुसन्धान तथा कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।