हङकङमा साेमबार ४४ जना नयाँ काेराेना सङ्क्रमित थपिएका छन् । सङ्क्रमण बढ्न नदिन सरकारले शारीरिक दुरीकाे नयाँ नियमकाे घाेषणा गरेकाे छ ।  यद्यपि पछिल्लाे केही हप्तायता हङकङमा सङ्क्रमणकाे दरमा कमी आएकाे छ तर प्रशासनले नागरिकहरुलाई अवस्था अझै गम्भीर रहेकाे भन्दै सचेत रहन चेतावनी दिएकाे हाे । 

हङकङ सरकारले साेमबार लगाएकाे नयाँ प्रतिबन्ध अनुसार साँझ ६ बजेपछि रेस्टुरेन्टमा खाना खान प्रतिबन्ध लगाइएकाे छ । यसका साथै सबै सार्वजनिक ठाउँमा मास्क लगाउन २५ अगस्टसम्म अनिवार्य गरिएकाे छ । साेमबार थपिएका ४४ सङ्क्रमितमध्ये ३१ जनामा समुदायस्तरबाटै सङ्क्रमण सरेकाे हाे । गएकाे जनवरीपछि हङकङमा चार हजार पाँच सयभन्दा धेरै सङ्क्रमण पुष्टि भएकाे छ भने अहिलेसम्म ६९  जनाकाे ज्यान गएकाे छ ।