हेटौंडा । निर्वाचन आयोगले पठाएको मतपत्र मकवानपुर आइपुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र आइपुगेको हो । मकवानपुरका दश वटै स्थानीय तहमागरी कुल ३ लाख २५ हजार वटा मतपत्र आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहयाक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिनुभयो ।
हेटौंडामा आइपुगेको मतपत्र हरेक स्थानीय तहका मतदान केन्द्रका अधिकृत र सहायक मतदान अधिकृतको जिम्मामा पठाइने उहाँले बताउनुभयो । निर्वाचन कार्यालयले मतदान अधिकृतलाई हस्तान्तरण गर्ने ६४ प्रकारका सामाग्री संगै मतपत्र समेत पठाउनेगरी काम भइरहेको उहाँले बताउनुभयो । मकवानपुरका सबै मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आज र भोली हेटौंडामा तालिम दिइसकेपछी मतपत्र पनि हस्तान्तरण गरेर पठाइने शर्माले बताउनुभयो । आज र भोली मकवापनुरका दश वटै स्थानीय तहका ३ सय ६५ मतदान केन्द्रका अधिकृत र सहायक अधिकृतलाई तालिम दिइदै छ । त्यसलगतै सामाग्री पनि हस्तान्तरण गरिने भएको हो ।