मकवानपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रदेश कमिटी सदस्य रघुनाथ खुलालले जनताको मनमनमा बसेको नेकपा एमालेको जित सुनिश्चित रहेको बताउनुभएको छ । बिहीबार स्थानीय निर्वाचनका सन्दर्भमा हेटौंडा–८ मा आयोजित बृह्त सास्कृतिक कार्यक्रममा बोल्दै नेता खुलालले जनताको विश्वास जित्नु नै एमालेको चुनाव जित्ने आधार रहेको बताउनुभयो ।
नेता खुलालले जनताले सबैलाई पन्छाएर विकास र समृद्धिका लागि पनि एमालेलाई रोज्ने बताउनुभयो । एमाले सरकारले गरेका विकासका कारण एमाले जनताको मन मनमा बसेको बताउनुभयो । जनताले सूर्य चिन्हमै मतदान गर्ने निर्णय गरिसकेको उल्लेख गर्दै उहाँले ढुक्क भएर जितको मनोवल सहित निर्वाचनमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले एमालेको जित सुनिश्चित देखेर विपक्षीहरु अत्तालिको बताउनुभयो । “एमालेको जित देखेर विपक्षीहरु अत्तालिएका छन्, विभिन्न प्रलोभनसहित तपाईहरु माझ आउन सक्छन्, उनिहरुलाई प्रश्न गर्नुहोस, तपाईको पार्टी कुन हो ? चुनाव चिन्ह के हो ? ।”
एमाले जिल्ला कमिटी सदस्य गणेश प्रधानकाे अध्यक्षतामा भएको कार्यक्रममा एमाले प्रदेश किमिटी सदस्य हरिबहादुर महत, एकालाल श्रेष्ठ, वडा सदस्यका उम्मेदवार एवम् एमाले प्रदेश कमिटी सदस्य गोपालबहादुर श्रेष्ठ, एमाले ८ नम्बर वडा कमिटीका अध्यक्ष कृष्णबहादुर श्रेष्ठलगायत जिल्ला कमिटी, नगर कमिटी, वडाकमिटीका नेता कार्यकर्ताहरूकाे सहभागिता थियाे । कार्यक्रममा एमाले सम्बद्ध जनसास्कृतिक महासंघले विभिन्न सास्कृतिक प्रस्तुति गरेको थियो ।