हेटौंडा । हाम्रो नेपाली पार्टीका बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्र बज्राचार्यले आलोपालो गरी सरकारको नेतृत्व गर्ने सहमती भएपछि आफूहरु सरकारमा सहभागी हुन लागेको बताउनु भएकाे छ । गठबन्धन दल एमालेका नेताहरुसँगै मुख्यमन्त्री कार्यालय आइपुग्नु भएका नेता बज्राचार्यले आलोपालो मुख्यमन्त्रीको सहमति भएपछि सरकारमा सहभागी हुन लागेको प्रतिक्रिया दिनु भएकाे हाे ।

उहाँले आफूहरुले सुरुवातदेखि नै मुख्यमन्त्रीको दावी गरेकोमा सत्ता साझेदार दलहरूले सहमति जनाएको बताउनुभयाे । अहिले मुख्यमन्त्रीको सरकारी निवासमा गठबन्धन दल र हानेपाका नेता बज्राचार्यबीच छलफल चलिरहेको छ । यता एमालेका प्रमुख सचेतक मधुसूदन पौडेलले पनि हानेपालाई सरकारमा सहभागी गराउन राजनीतिक सहमति गर्ने तयारी भएको जानकारी दिनुभयाे । तर, उहाँले सहमतिको विषय भने खुलाउनु भएन ।