मकवानपुर – मकवानपुरमा देउसी खेल्न जादै गरेका एकजनाको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको भीमफेदी गाउँपालिका–१ बाघचौरमा गए राती देउसी खेल्न हिडेका स्थानीय ४१ बर्षीय सुकमान गोलेको भिरबाट लडेर मृत्यु भएको हो ।
देउसी खेल्न जाने क्रममा एक्कासी भिरबाट लडेर घम्भिर घाइते हुनु भएको थियो । उहाँलाई उद्धार गरी उपचारका लागी हेटौंडा अस्पताल ल्याएकोमा उपचारको क्रममा रातीनै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।











