हेटौंडाः जिल्ला समन्वय समिति मकवानपुरको सम्पुर्ण तयारी पुरा भएको छ । आगामि साउन २६ गते हुने जिल्ला सभाको सम्पुर्ण तयारी पुरा भएको बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिईएको हो ।
आगामि २६ गते आयोजना हुने चौथो जिल्ला सभाको सम्पुर्ण तयारी पुरा भएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो । नेपालको संविधान २०७२ को धारा २२० को उपधारा (७) मा उल्लेख काम कर्तव्य र अधिकारका बारेमा जिल्ला सभा गर्ने प्रवधान अनुसार जिल्ला सभा आयोजना गर्र्न लागिएको उहाँले जानकारी दिनुभयो । जिल्ला सभामा जिल्ला समन्वय समिति मकवानपुरले हालसम्म गरेका काम कारवाही तथा आगामी नीति तथा कार्यक्रम पारित गरिने उहाँले बताउनुभएको छ ।
जिल्ला सभामा मकवानपुरका १० वटै स्थानिय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष, जिल्ला सभाका सम्पुर्ण पदाधिकारीहरुको सहभागिता रहने छ । जिल्लासभालाई ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको प्रमुख खुलालले जानकारी दिनुभएको छ । त्यस्तै जिल्ला सभाका अवसरमा जिल्ला समन्वय समितिले विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान समेत गर्ने उहाँले बताउनुभयो । जिल्ला सभामा मकवानपुर जिल्लामा रहेर कृषि तथा पशुपालनका क्षेत्रमा उल्लेखनीय कार्य गर्नुभएका व्यक्ति तथा संस्थाका साथै विगतमा जिल्ला समन्वय समितिमा रहि उत्कृष्ट कार्य सम्पादन गरेर सहयोग पु¥याउनु भएका कर्मचारीहरुलाई सम्मान गरिने उहाँले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा जिल्ला समन्वय अधिकारी कपिल प्रसाद उपाध्याय, सामाजिक विकास अधिकारी राम कृष्ण थापालगायतकाको सहभागिता रहेको थियो ।