मकवानपुर– मकवानपुरमा आज थप १३ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार साँझ प्राप्त रिपोर्ट अनुसार हेटौंडा उपमहानगरपालिका क्षेत्रका १० जना र जिल्ला बाहिरका ३ जना गरि १३ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि आजै १४ जनामा संक्रमण पुष्टि रिपाेर्ट प्राप्त भएकाे थियाे ।
हेटौंडा १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा भदौ १२, १३ र १४ गतेको केहिको गरि कुल २११ जनाको स्वाब परिक्षणमा ८ महिला र ५ पुरुषगरि १३ जनाको रिपोर्ट पोजेटिभ आएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले जानकारी दिनुभयो । प्राप्त रिपोर्ट अनुसार हेटौंडा–५ का ७० वर्षिय पुरुष, हेटौंडा–१७ का ६३ वर्षिया महिला, हेटौंडा–१९ का ३१, ८, १६ र २५ वषिया महिला र १६, १४ र १३ वर्षिय पुरुष तथा जिल्ला बाहिरका २ पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।
त्यस्तै आज ६१ जनाको रिपोर्ट नेगेटिभ आएको उहाँले बताउनुभयो । ३ दिनको ८० जनाको पुन परिक्षण गर्दा ६१ जनाको नेगेटिभ, ६ जनाको पुन पोजेटिभ आउको र ७ जनाको फलोअप परिक्षण गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
सम्बन्धीत समाचार– हेटौंडामा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि