प्रतिकात्मक तस्विर

मकवानपुर – हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ मा गएराती अज्ञात व्यक्तिको चक्कु प्रहारबाट एक युवक गम्भीर घाईते भएका छन् । हेटौंडा–९, स्थित कर्रापुलपारी अज्ञात व्यक्तिको चक्कु प्रहारबाट स्थानीय २८ वर्षिय अजित लामा गम्भीर घाईते भएका हुन् ।
चक्कु प्रहार गर्ने युवक भने फरार रहेको र घाइते लामाको हेटौंडा अस्पतालमा उपचारपछी थप उपचारका लागि भरतपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले बताउनुभयो । लामालाई चक्कु प्रहार गर्ने व्यक्तिको पहिचान भएको र खोजी कार्य भइरहेको उहाँले बताउनुभयो ।