मकवानपुर– नेपाल कम्युनिष्ट पाट्री (नेकपा) हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा कमिटीको पूर्ण बैठक शनिबार बसेको छ । वडा कमिटि अध्यक्ष यदुवंश खतिवडाको अध्यक्षता एवम् नेकपा केन्द्रिय सदस्य रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा बैठक बसेको हो ।

बैठकमा यस अघि सफथ ग्रहण गर्न बाँकी वडा किमिटी सदस्यहरुलाई प्रमुख अतिथि खुलालले सपथ ग्रहण गराउनुका साथै, विभिन्न जिम्मेवारी प्रदान समेत प्रदान गरिएको छ । बैठकले युवा, विद्यार्थी, महिलालगायत वडा स्तरीय कमिटीमा संयोजक÷सहसंयोजक, साथै, टोल स्तरीय संयोजक÷सहंयोजकको जिम्मेवारी प्रदान गरिएको छ । बैठकमा प्रमुख अतिथि खुलालले पद लुप्तताका कारण प्रचण्ड–माधव समुहले पछिल्लो राजनैतिक घटनाक्रम निर्माण गरेको बताउनुभयो । उहाँले पछिल्लो घटनाक्रमबाट बिचल्लित हुनु पर्ने अवस्था नरहेको र पुन पाट्री निर्माणमा जुट्न समेत कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

बैठकमा जिल्ल कमिटी सदस्य लक्ष्मण भण्डारी, आशाकाजी श्रेष्ठ, राचन्द्र अर्याल, सुर्दशन अर्याल, मिना अर्याल, नगरकमिटी सदस्य विष्णुमणि अधिकारी, सुरेश बेरोजगारलगायतको उपस्थिति थयो ।