मकवानपुर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हेटौंडा उपमहानगरपालिका कमिटी विस्तार गरिएको छ । शनिबार हेटौंडामा आयोजित भेलाले नगर कमिटि विस्तार गर्नुका साथै सपथ ग्रहण समेत गराईएको हो । नेकपा मकवानपुर जिल्ला कमिटीले यस अघि निर्माण गरेको २३५ सदस्यीय नगरकमिटीको बिस्स्तारित भेला तथा सपथ ग्रहण कार्यक्रम भएको हो ।

नगर कमिटीका पदाधिकारी, सचिवालय सदस्य, बिभागिय इन्चार्ज तथा नगर कमिटीका सदस्यहरुलाई नेकपा केन्द्रिय सदस्य एवम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सपथ ग्रहण गराउनुभएको थियो । सपथ ग्रहण गराउनु हुँदै मुख्यमन्त्री पौडेलले पाट्रीलाई एकताबद्ध बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । उहाँले देशको पछिल्लो राजनैतिक घटनाक्रमबाट अलिकति पनि बिचल्लित नभई संगठन निर्माणमा जुट्न समेत कार्यकर्तालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अनन्त पौडेल, केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य जुनेली श्रेष्ठ, केन्द्रीय सदस्य रघुनाथ खुलाल, मकवानपुर जिल्ला कमिटीका अध्यक्ष एकलाल श्रेष्ठ, लगायतले मन्तव्य व्यक्तभएको थियो । कार्यक्रम नगरकमिटी अध्यक्ष सालिकराम पुडासैनीको अध्यक्षतामा भएको थियो ।