मकवानपुर – हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा जारी टोल विकास स्तरीय चौथो सेभेन ए साईड फुलबल प्रतियोगितामा शनिबार ५ खेल भएको छ । प्रतियोगितामा शनिबार शान्तिचोक “बी” र कुष्माण्ड, स्वागत र धर्मपथ, माल्दिप्स र त्रिवेणी, सन्तोषी र मिलन तथा प्रगतिशिल र ओम टोलविकास बिच भएको हो ।
शनिबार भएको पहिलो खेलमा शान्तिचोक “बी” ले कुष्माण्ड टोल विकासलाई शुन्यका बिरुद्ध दुई गोल गर्दै बिजयी भएको छ । यस्तै यस्तै दोस्रो खेलमा स्वागत टोल विकास संस्थाले धर्मपथ टोल विकासलाई शुन्यका बिरुद्ध एक गोल, तेस्रो खेलमा त्रिवेणी टोलले माल्दिभ्सलाई शुन्यका बिरुद्ध ६ गोल, चौथो खेलमा मिलन टोलले सन्तोषी टोललाई शुन्यका बिरुद्ध तीन गोल र पाँचौं खेलमा ओम टोलले ट्राईब्रेकरमा प्रगतिशिल टोललाई एकका बिरुद्ध दुई गोल गर्दै बिजय हासिल गरेका छन् । ओम टोल र प्रगतिशिल टोलबीचको खेल एक एकको बराबरीमा सकिएपछि खेल ट्राईबे्रकरमा धकेलिएको र ट्राईब्रेकरमा ओम टोल एकका बिरुद्ध दुई गोल गर्दै बिजयी भएको प्रतियोगिताका संयोजक सुनिल लोप्चनले जानकारी दिनुभयो ।
प्रतियोगिता अन्तरगत भोली चार खेल आयोजना हुने आयोजकले जनाएको छ । भोली हुने पहिलो खेलमा बिहान सेतिदेवी टोल विकास र दिव्यपथ तथा दोस्रो खेलमा शान्ति टोल र खाद्य टोल विकास बिच तथा दिउसो संवेदनशील टोल र प्रगति टोल तथा त्रिवेणी र धाप टोल विकास बिच हुने आयोजक बेरोजगार युवा संगठनका सचिव घनश्याम ढुंगानाले जानकारी दिनुभयो ।
विजया दशमी २०७८ को अवसरमा बेरोजगार युवा संगठन मकवानपुरको आयोजना एवम् ९ नम्बर वडा कार्यालयको आर्थिक सहयोग तथा टोल विकास संस्था वडा समन्वय समितिको समन्वयमा प्रतियोगिता भएको हो । असोज २० गतेसम्म आयोजना हुने प्रतियोगितामा १८ वटा टोल विकासका १९ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३० हजार रुपैयाँ तथा तेस्रो हुने टिमले १५ हजार रुपैयाँ प्राप्त गर्ने मकवानपुर बेरोजगार युवा संगठनका अध्यक्ष सुरेश बेरोजगारले जानकारी दिनुभयो ।