आज देशभर कोरोना भाइरसबाट ४ हजार ३ सय ४४ जना संक्रमित भएका छन् । १२ हजार ७४ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३ हजार ४ सय ४९ जना तथा ४ हजार ५ सय ६८ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ सय ९५ जना गरी जम्मा ४ हजार ३ सय ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा।कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो ।
यसैबीच काठमाडौँ उपत्यकामा कोरोनाबाट ९ सय १५ जना संक्रमित भएका छन् । जसमा भक्तपुरमा ८१ जना, ललितपुरमा १ सय ५१ जना र काठमाडौँमा ६ सय ७९ गरी ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । देशभरबाट गएको २४ घण्टामा ५ हजार ७ सय ६८ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ८५ दशमलव २ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा। पौडेलले जानकारी दिनुभयो ।
देशभरि आज कोरोना सङ्क्रमणबाट ८१ जनाको मृत्यु भएको छ । यो सँगै अहिलेसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८ हजार १ सय ७९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । देशभरबाट ८० हजार ३ सय ३६ जना सक्रिय सङ्क्रमितले आइसोलेसनमा बसेर उपचार गराइरहेका छन् । जसमा ७४ हजार ४ सय ३८ होम आइसोलेसन र ५ हजार ८ सय ९८ जना संस्थागत आइसोलेसनमा रहेर उपचार गराइरहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। पौडेलका अनुसार १ हजार ३ सय १२ जना आइसियु र ३ सय ७५ जना कोभिड सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।