मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आगामी आव २०८०÷८१ का लागि ६२ करोड २ लाख ५६ हजारको अनुमानित बजेट ल्याएको छ । आइतबार वार्षिक नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रीन (नेपाली) ले ६२ करोड २ लाख ५६ हजारको अनुमानित आय प्रस्तुत गर्नुभयो । उहाँले आयतर्फ सरकार वित्तीय समानिकरण अनुदान ९ करोड ७४ लाख, प्रदेश सरकार वित्तीय मानिकरण अनुदान ८६ लाख गरी वित्तीय समानिकरण अनुदानमा १० करोड ६० लाख प्राप्त भएको बताउनुभयो ।
उहाँले संघीय सरकार राजश्व बाँडफाँड मूल्य अभिवृद्धि कर ६ करोड २२ लाख बाँडफाँड भई प्राप्त हुने अन्तरशुल्क राजश्व ३ करोड ६, खानी तथा खनिज सम्बन्धी रोयल्टी बाँडफाँडबाट १ करोड २५ लाख, घरजग्गा रजिष्ट्रेसन दस्तुरबाट १ करोड २७ लाख बाँडफाँडबाट प्राप्त हुने सवारीसाधन कर १ करोड ७५ लाख, बाँडफाँडबाटै वन रोयल्टी ५ लाख ७२ हजार, जलस्रोत रोयल्टीबाट १ लाख, नदिजन्य पदार्थ ९दहत्तर बहत्तर० राजश्व बाँडफाँडबाट हुने आय ४ करोड ५० सहित १८ करोड ५ लाख ७८ हजार अनुमान पेश गर्नुभयो ।
संघीय सरकार शशर्त अनुदान विभिन्न शीर्षकमा २३ करोड ९ लाख, प्रदेश सरकारबाट २ करोड २२ लाख ७८ हजार अनुमान गरिएको उपाध्यक्ष पाख्रीनले बताउनुभयो । त्यस्तै, संघीय सरकार समपूरक अनुदान ८० लाख, प्रदेश सरकारको २ करोड ५० लाख गरी ३ करोड ३० लाख हुने अनुमान गरिएको बताउनुभयो । संघबाट विशेष अनुदानमा २ करोड ७५ लाख र प्रदेशबाट १ करोड रकम प्राप्त हुने अनुमान रहेको उहाँले बताउनुभयो ।
उपाध्यक्ष पाख्रीनले व्ययतर्फ कुल बजेटको पुजीँगततर्फ ३२ करोड १९ लाख १२ हजार ८६४ र चालु तर्फ २९ करोड ८३ लाख ४३ हजार १३६ गरी व्यव ६२ करोड २ लाख ५६ हजारको हुने अनुमान पेश गनुर्रेभयो । उहाँले आगामी आवका लागि कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा ८ करोड रकम विनियोजन गर्नुभएको छ ।
गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको सभाध्यक्षतामा बसेको नवौं गाउँसभामा आर्थिक विकास समितिका संयोजक एंव वडा नम्बर ६ का वडा अध्यक्ष कृष्णप्रसाद बजगाईले अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र वडा नम्बर ५ का वडा अध्यक्ष एंव प्रवक्ता दिपेश दाहालले विनियोजन विधेयक २०८० प्रस्तुत गर्नु भएको थियो ।