मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति कार्यक्रम तथा बजेट पारित भएको छ । गाउँपालिका अध्यक्ष हिदम लामाको अध्यक्षतामा आईतबार बसेको दशौं गाउँसभामा उपाध्यक्ष संजीब श्रेष्ठले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट सभाले सर्वसम्मत पारित गरेको हो ।

गाउँपालिकाको दशौं गाउँ सभामा पालिकाका उपाध्यक्ष सन्जिव श्रेष्ठले प्रस्तुत गर्नु भएकाे आगामी आर्थिक वर्षकाे नीति, कार्यक्रम र बजेटमाथि छलफल भए पश्चात सर्वसम्मत पारित भएको हो ।पालिकाले आगामी आवका लागि चालु तर्फ ३३ करोड २० लाख ८ हजार १ सय ६६ रुपैंया र भने पुँजीगत तर्फ ३५ करोड ३४ लाख ९१ हजार ६ सय ३ रुपैंया गरि कुल ६८ करोड ५४ लाख १९ हजार ७ सय ६९ रुपैंया बराबरको बजेट ल्याएको छ । आगामी आर्थिक बर्षको बजेटमा बिशेषगरी कृषि र स्वोरोजगार क्षेत्रलाई प्राथमिकतामा राखेकाे छ । पालिकाले उद्यमी महिला तथा युवाहरुको लागि ब्याज अनुदानको पनि व्यवस्था गर्नुका साथै पालिकामा कार्यरत मजदुरहरुको पालिकामा सुचिकृत गराएर अनिवार्य सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्ने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष हिदम लामाले बताउनुभयो ।