हेटौंडा– मकवानपुर जिल्लामा भुकम्प पुनर्निर्माण र पुनस्र्थापनाको अवस्थाका बारेमा आज हेटौंडामा छलफल भएको छ । राष्ट्रिय पुनिर्माण प्राधिकरणको आयोजनामा जिल्लाको समग्र प्रगति तथा चुनौतिका बारेमा छलफल भएको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रम भएको हो । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणद्धारा क्षमता अभिबृद्धिका लागि स्थानीय अध्यन÷अवलोकन कार्यक्रम अन्तरगत छलफल भएको हो । युरोपीयन युनियनको सहयोगमा नियर फेसीलीटी कार्यक्रम अन्तरगत कार्यक्रम भएका हो ।

कार्यक्रममा मकवानपुर जिल्लामा भुकम्प पुर्ननिर्माण÷पुनस्र्थापनाका सवालमा विभिन्न छलफल भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुर मकवानपुरकी उपप्रमुख भगवती पुडाशैनी, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामा, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदाम लामा, मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमाँगाई, ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामा, राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका जनशक्ति महाशाखा प्रमुख मुकुन्द निरौला, समन्वय अधिकारी कपिल प्रसाद उपाध्यायलगायत विविभन्न कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।