file photo

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सन् २०२४ का अवसरमा शुभकामना दिनुभएको छ । सोमबार शुभकामना सन्देश जारी गर्नुहुँदै प्रमुख शर्माले स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाई–दिदिबहिनी एवम् समस्त नेपालीहरुमा सुख, शान्ति, सुवास्थ्य, दिघार्यू, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रमुख शर्माले देशलाई सर्वोपरी राखी संसारभरमा हामी र हाम्रो भन्ने साझा भावनाको विकास गर्न मन, वचन र कर्मले दत्तचित्त भई लागिपर्न यस्ता विशेष पर्वले सबैलाई उत्प्रेरित गराइ राखोस् भन्नुभएको छ ।‘विश्वभरका मानवहरुका लागि आजैबाट नयाँ अवसर र सम्भावना  खोजी गर्न हामीलाई सफलता मिलोस् । हाम्रा बीचमा आपसी सद्भाव, सहअस्तित्व, भातृत्व र सहिष्णुता अझ प्रगाढ र कसिलो बनोस् ।’ शुभकामना सन्देशमा प्रमुख शर्माले भन्नुभएको छ ।
प्रमुख शर्माले नयाँ वर्षलाई केवल उत्सव, रमझम र भित्तेपात्रो फेर्ने दिनका रुपमा मात्र नभएर देश निर्माणको खाका कोर्न प्रतिबद्धता व्यक्त गर्ने अवसरका रुपमा लिनसकौं भन्ने कामना गर्नुभएको छ ।