मकवानपुर । मकवानपुरमा गैडाको आक्रमणबाट एकजना गम्भिर घाइते भएका छन् । मकवानपुरको मनहरी गाउँपालिका–७, मनहरी खोलामा गैंडाको आक्रमबाट स्थानीय ३२ वर्षिय रमेश बोटे गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।
साेमबार बिहान आफ्नै खेतमा पानी लगाउन गएको अबस्थामा उनलाई गैंडाले आक्रमण गरी घाइते बनाएको हो । गम्भिर घाईते बोटेलाईलाई उपचारको लागी मनहरी अस्पतालमा लगिएकोमा त्याहाँ उपचार हुन नसकेपछी थप उपचारका लागि भरतपुर अस्पतालमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।