नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले भोलि (सोमबार)देखि आन्दोलन गर्ने भएको छ । देशभरका पेट्रोलियम ढुवानी व्यवसायीले भाडा समायोजनको माग राख्दै आन्दोलन घोषणा गरेका हुन् ।
महासङ्घको साउन ६ गते बसेको बैठकले १५ गतेसम्म ढुवानी भाडा वृद्धि गर्न माग गरेको थियो । तर, आजसम्म माग पूरा नभएपछि भोलिदेखि हवाई इन्धन ढुवानी गर्ने ट्याङ्करले देशभर पीडीओ नलिने र लोड नगर्ने भएका छन् । त्यस्तै २० गतेबाट राज्यभरका सम्पूर्ण पेट्रोलियम ढुवानी ट्याङ्करले पीडीओ नलिने र लोड गर्नेछैन । २१ गतेबाट सबै ट्याङ्करले लोड र अनलोड नगर्ने महासङ्घले निर्णय गरेको छ ।