हेटाै‌डा बजार

हेटौडा– मकवानपुरमा शुक्रबार (भोली) जोर नम्बरको निजी सवारी साधनहरु मात्र चल्न पाउने भएका छन् । भाद्र २६ गते शुक्रबार जोर बार भएकोले जोर नम्बरको मात्र सवारी चल्न पाउने मकवानपुरका ट्राफिक प्रहरी प्रमुख हरिविष्णु ढकालले बताउनुभयो । जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सवारीहरु मात्र चल्न पाउने ट्राफिक प्रहरी प्रमुख ढकालले जानकारी दिनुभयो ।
यसअघि बुधबार प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले भोलीबाट असोज ५ गतेसम्म जिल्लामा चल्ने नीजि सवारीमा जोर बिजोर प्रणाली लागु गर्न आदेश जारी गर्नुभएको थियो । भोली शुक्रबारबाट हेटौंडा बजार प्रवेश गर्ने नाकाहरुमा प्रहरीले कडाई गर्ने भएको छ । हेटौंडा बजार प्रवेश गर्ने नाकाहरु हेटौंडा–१ को चौकिटोल, हेटौंडा–११ को थानाभ¥याङ, हेटौंडा–९ को पशुपतिनगर र हेटौंडा–६ को चौघडामा प्रहरीहरुले जोर बिजोर नम्बरका सवारीहरुको चेकजाँच गर्ने भएको छ ।