सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयक प्रमाणित गरेका छन् । आज (आइतबार) सभामुख सापकोटाले संघीय संसद्बाट पारित भएको नागरिकता विधेयक प्रमाणित गरेका हुन् ।
साउन ६ गते प्रतिनिधिसभा र साउन १२ गते राष्ट्रियसभाबाट नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको थियो । अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि उक्त विधेयक ऐनका रूपमा कार्यान्वयनमा आउनेछ । २०७२ साल असोज ३ भन्दाअघि जन्मका आधारमा नागरिकता लिएका बाबु र आमाका सन्तानले अब वंशजका आधारमा नागरिकता पाउने बाटो खुला गरेको छ । संविधान जारी भएपछि त्यसअनुसार नागरिकता कानुन संशोधन नभएका कारण नागरिकता पाउन वञ्चितहरुले अब नागरिकता पाउने भएका छन् । वैवाहिक अङ्गीकृत नागरिकताका सम्बन्धमा भने प्रमुख प्रतिपक्ष नेकपा एमालेले विरोध जनाएको थियो ।