फाइल फाेटाे

काठमाडौं– चालु आर्थिक वर्षको करिव चार महिनाको अवधी वितिसक्दा पनि देशभरका ३७ स्थानीय तहले अझै पनि आर्थिक वर्ष २०७७–७८ को बजेट पेश गरेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पटक–पटक ताकेता गर्दा पनि अझै ३७ स्थानीय तहले बजेट पेश नगरेको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिनुभयो । गत असारमा बजेट पास गरेका स्थानीय तहले अनिवार्य रूपमा बजेट मन्त्रालयमा पेश गर्नुपर्ने हुन्छ ।
विवरण पेश नगर्ने सबैभन्दा धेरै स्थानीय तह प्रदेश नम्बर २ का रहेका छन् । प्रदेश नम्बर २ मा १३६ स्थानीय तहमध्ये १०४ ले मात्र बजेट पेश गरेका छन भने ३२ स्थानीय तहले अझै बजेट पेश गरेका छैनन् । यस्तै बजेट पेश नगर्नेमा प्रदेश नम्बर १ का दुई, बागमती प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशको एक स्थानीय तह रहेको छ । प्रदेश नम्बर १ को भोटखोला गाउँपालिका सङ्खुवासभा र मेन्छयायेम गाउँपालिका तेह्रथुमले बजेट पेश गर्न गरेका छैनन ।
बागमती प्रदेशको लिखु तामाकोशी गाउँपालिका रामेछाप र आमाछोदिङमो गाउँपालिका रसुवा, सुदूरपश्चिम प्रदेशको बूढीगङ्गा नगरपालिका बाजुरा रहेका छन् । कानून अनुसार सबै स्थानीय तहले गत असार १० गतेभित्र बजेट पारित गनु पर्ने व्यवस्था रहेको छ ।