मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको एक कराेडकाे लगानिमा निर्माणाधिन छात्राबासको शुक्रबार अनुगमन गरिएको छ । जिससकाे मौजदात कोषबाट एक करोड रुपैयाँ लगानीमा जिल्लाको विकट राक्सिराङ गाउँपालिका स्थित सुर्याेदय माविकाे निर्माणाधिन छात्रावासको शुक्रबार अनुगमन गरिएको हो । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गएको टोलीले निर्माणाधिन छात्राबासको अनुगमन गरेको हो ।

राक्सिराङ गाउँपालिकामा विकट क्षेत्रबाट पढ्न आउनेहरुका लागि छात्राबास निर्माण गरिएको हो । छात्राबास निर्माणको काम अन्तिम चरणमा पुगेको र आगामी पौस महिना भित्र हस्तान्तरण हुने बताईएको छ ।

अनुगमनका क्रममा प्रमुख खुलालले छात्रावास निर्माणले पढ्नका लागि दैनिक घण्टौं हिडेर आउनुपर्ने त्यस भेगका विद्यार्थीलाई राहत मिल्ने बताउनुभयो । छात्राबासमा त्यस भेगका ५० जना विद्यार्थीहरूले सेवा लिन पाउने छन् । अनुगमन टोलीमा जिसस उपप्रमुख भगवती पुडासैनी, जिसस सदस्यहरु देवराज रिमाल सानुकान्छी स्याङतान, समन्वय अधिकारी आनन्नराज पोखरेललगायतको सहभागिता थियो ।