हेटौँडा । जिल्ला भलिबल संघ मकवानपुरको अध्यक्षमा बसन्त कुमार सिटौला चयन हुनु भएकाे छ । बुधबार हेटौँडामा भएको भलिबल संघको पाँचौ अधिवेशनले सिटौलाको अध्यक्षतामा जिल्ला कार्यसमिति चयन भएको हो ।
संघको उपाध्यक्षमा ईन्द्र सञ्जेल तथा चुँडा खड्का, महासचिवमा सन्तोष श्रेष्ठ र कोषाध्यक्षमा शंकर कार्की चयन हुनु भएकाे छ । यस्तै सदस्यहरुमा कमल बिडारी, सजिता पौडेल, मनोज लामा, ईन्द्र बज्राचार्य, रजु घले, रञ्जन अमात्य तथा सिशम माझी चयन हुनु भएकाे छ । कार्यक्रम नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष कुमार राज सुवेदीको प्रमुख आतिथ्य तथा निवर्तमान जिल्ला अध्यक्ष बिन्द्रलाल श्रेष्ठको अध्यक्षतामा भएको हो ।