हेटौंडा । मकवानपुरको भीमफेदी करागारमा कैदी जीवन बिताइरहेका एक जना कैदीको मृत्यु भएको छ । हेटौंडा-१२ स्थायी ठेगना भएका ३ वर्षदेखि लागूऔषध मुद्दामा कैदी जीवन बितारहेका मिलन परियारको मृत्यु भएको कारागारका जेरल मदन लामा थिङले बताउनुभयाे । मंगलबार बिहान एक्कासी छाती पोल्ने र दुख्ने भएपछि भीमफेदीको प्राथमिक स्वास्थ्य चौकीमा उपचार पछि कारागार ल्याईएको र राति पनि एक्कासी छाती दुख्ने समस्या भएपछि उपचारको लागि हेटौंडा अस्पताल ल्याउँदा डाक्टरले मृत घोषणा गरेको जेरल लामाले बताउनुभयाे । परियारको शव पोस्टमार्टम गरेर परिवारलाई बुझाउने कार्य भईरहेको र घटनाको आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।