मकवानपुर – बागमती प्रदेशस्तरीय वतृत्वकला प्रतियोगितामा भक्तपुरका प्रवेश तिमल्सिना प्रथम हुनु भएको छ । ‘शिर्जनशिल र उद्यमशिलता प्रवर्दनः बागमतीमा युवा सशक्तिकरण’ बिषयक बुधबार हेटौंडामा भएको प्रतियोगितामा भक्तपुर चाँगुनारायणका तिमल्सिनाले प्रथम हुँदै नगद ३० हजार पुरस्कार प्राप्त गर्नुभयो ।
प्रदेश युवा परिषद् कार्यालयको आयोजनामा प्रदेश युवा प्रतिभा पहिचान कार्यक्रमअन्तर्गत् भएको वतृत्वकला प्रतियोगितामा धादिङको निलकण्ठ नगरपालिकाकी समिक्षा अधिकारी द्वितीय, भक्तपुरको चाँगुनारायण नगरपालिकाका तृष्णा अधिकारी तृतीय र नुवाकोटको वेलकोट नगरपालिकाकी विविना लामिछाने सान्त्वना हुनुभयो । उहाँहरुले क्रमशः २५, २० र १० हजार रुपैयाँ प्राप्त गर्नुभएको छ ।
वतृत्वकला प्रतियोगिताका विजयी तथा सहभागी प्रतियोगीहरुलाई बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल, परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं र प्रमुख निर्णायक निमेष निखिलले पुरस्कार वितरण गर्नुभएको थियो । बागमती प्रदेशका १३ जिल्लाबाट छनोट भएर आएका १८ जना प्रतियोगिका बिचमा प्रदेशस्तरीय प्रतियोगिता भएको हो । कार्यक्रममा मन्त्रालयका सचिब धुर्ब गैडा, प्रदेश युवा परिषदका निमित्त कार्यालय प्रमुख रमेश घिमिरेलगायतको उपस्थिती थियो ।