स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा गेटाफेविरुद्ध एक शून्यको संघर्षपूर्ण जित निकाल्यो । दुई जना खेलाडीले रातो कार्ड पाएको खेलमा एट्लेटिकोको जितमा अल्भेरो मोराटाको एकमात्र गोल निर्णायक बन्यो । निकै फल भएको खेलको २३ औं मिनेटमा मोराटाले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए ।
३८ औं मिनेटमा गेटाफेका जोर्ग मोलिन भिडेइले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा झर्न पुग्यो । तर त्यसको चार मिनेटपछि एट्लेटिको पनि १० खेलाडीमा नै झर्यो । उसका रेनन लोडी दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिए ।
पुरै खेलमा ५ उत्कृष्ट प्रहार गरे पनि एट्लेटिकोले एक गोल मात्र गर्न सक्यो । यता गेटाफेले ६ वटा सट पोष्ट नजिक प्रहार गरे पनि फ्रेममा परेन । लिगको पहिलो खेलमा जित निकालेपछि एट्लेटिकोले तीन अंक बटुलेको छ ।