काठमाण्डौ – नेपाल राष्ट्र बैंकले सोमबार दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बोलकबोल प्रक्रियाबाट यो परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।
ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको बढीमा एक वर्ष स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको ट्रेजरी बिल आउँदो मङ्सिर ३ गते परिपक्व हुनेछ । बैंकले गएको साउन २७ गते पनि १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।