हेटौँडा–राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मकवानपुर शाखाको अध्यक्षमा क्षेत्रबहादुर थिङ अमर विजयी हुनुभएको छ । प्रतिष्ठानको हेटौंडामा सम्पन्न सातौ अधिवेसनले थिङको अध्यक्षतामा नया कार्य समिति चयन गरेको हो ।

प्रतिष्ठानको प्रथम उपाध्यक्षमा चन्द्र बजगाइँ, द्वित्तीय उपाध्यक्षमा बालचन्द्र मल्ल, महिला उपाध्यक्षमा निरु खड्का, सचिवमा रविन्द्र थिङ, कोषाध्यक्षमा साधुराम राउत, सहसचिवमा राजेश मग्राती, सह कोषाध्यक्षमा देवीलाल श्रेष्ठ र प्रवक्तामा हरिबहादुर खड्का चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा बेलबहादुर लो, अमर लामा, रामचन्द्र कार्की, गुणराज लामा, शुसील मल्ल, प्रतिमा अर्याल, सोम तितुङ, गोपालप्रसाद दाहाल, सम्झना बिष्ट, बिन्दा ठाडामगर, रुपक घिमिसरे, नवराज न्यौपाने, गंगा पाख्रीन, उमेश न्यौपाने, अबिराम मोक्तान चयन हुनुभएको द्वित्तीय उपाध्यक्ष बालचन्द्र मल्लले जानकारी दिनुभएको छ ।

नव निर्वा्चित कार्य समितिको पहिलो बैठकले बार्षिक कार्ययोजना निर्माग गरेको छ । बैठकले यसअघि रोकिएको टेलिभिजन कार्यक्रम लोकचौतारीलाई निरन्तरता दिइने, तीज र बिजया दशमीमा मनोरन्जनात्मक कार्यक्रम आयोजना गर्ने, क्षेत्रीय स्तरका अन्य कार्यक्रमहरु समेत सञ्चालन गर्ने निर्णय गरेको मल्लले जानकारी दिनुभयो ।