फाइल फाेटाे

हेटाैंडा– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले अस्पतालहरुलाई अत्यावश्यक तथा आकस्मिक सेवा नरोक्‍न आग्रह गरेको छ । सोमबार नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले क्यान्सर, प्रसुति ,डायलाइसिस, मुटु रोग, दम तथा दीर्घ रोगीहरुको उपचारका लागि अस्पतालहरु हरदम तयार हुनुपर्ने र नकार्न नपाइने बताउनुभएकाे हाे ।

त्यस्तै नियमित औषधि सेवन कर्ता, दीर्घरोगी, अपांगता भएका व्यक्ति आदिलाई दैनिक जीवनयापनका लागि अत्यावश्यक सामानको व्यवस्थापन गर्न स्थानीय निकाय तथा सम्बन्धीत सरोकारवालाइ सहजीकरण गरिदिन मन्त्रालयले आग्रह गरेको छ । मिडया ब्रिफिङका क्रममा प्रवक्ता डा. देवकोटाले सोमबारसम्म देशभरी आरडीटी विधिबाट २५ हजार १ सय ४८ परीक्षण भएकाे तथा पीसीआरबाट ८ हजार ४ सय १४ नमुना परीक्षण भएकाे जानकारी दिनुभयाे । हालसम्म दुवै विधिबाट ३३ हजार ५ सय ६२ वटा परीक्षणहरु भएकाे उहाँले जानकारी दिनुभएकाे छ ।

त्यसैगरी सोमबारको अपडेटमा आइसोलेसनमा देशभरी १ सय ११ जना छन्। काठमाडौंमा ४ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर १ सय ७ जना रहेकाे उहाँले बताउनुभयाे । साथै क्वारेन्टाइनमा ५ हजार ९ सय ३६ जना रहेकाे उहाँले बताउनुभयाे । मन्त्रालयका अनुसार नेपालमा संक्रमितको सख्ंया ३१ छ जसमा ४ जना निको भएर घर फर्किसकेका छन्।