इण्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा शुक्रबार राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स खेल्दै छन् । शारजाह क्रिकेट स्टेडियममा हुने खेलमा राजस्थानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । नेपालका लेग स्पिनर सन्दीप लामिछाने यो खेलमा पनि बेन्चमै रहेका छन् । यो संस्करणमा उनले एक पटक पनि मौका पाएका छैनन् । १३ औँ संस्करणको प्रतियोगिता चलिरहँदा दिल्लीले उत्कृष्ट खेल खेल्दै आइरहेको छ भने राजस्थानको प्रदर्शन मध्यम छ । यी दुवै टिमले समान पाँच पाँच खेल खेल्दा दिल्लीले चार खेलमा जित निकाल्दै अङ्क तालिकको दोस्रो स्थानमा छ । त्यस्तै राजस्थानले दुई खेल जित्दा तालिकाको सातौँ स्थानमा छ ।सुरुका खेलमा निकै प्रभावी देखिएको राजस्थानले पछिल्ला खेलमा त्यसलाई निरन्तरता दिन सकेको छैन । दिल्लीले भने आफ्नो लयलाई कायमै राखेको छ ।
राजस्थानको प्लेइङ ११ मा जोस बटलर, यशस्वी जैसवाल, स्टिभ स्मिथ, सन्जु सामसन, महिपाल लोमरर, राहुल तेवतिया, जोफ्रा आर्चर, एन्ड्रियु टाय, श्रेयस गोपाल, वरुण अरुण र कार्तिक त्यागी रहेका छन् । भने दिल्लीमा पृथ्वी श, शिखर धवन, श्रेयर अय्यर, रिषभ पन्त, शिमरोन हेटमायर, मार्कस स्टोइनिस, अक्षर पटेल, रवीचन्द्रन आश्विन, हर्षल पटेल, कागिसो रबाडा र एनरिच नोर्त्जे रहेका छन् ।