काठमाडौं– नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको भोली बस्ने भनिएको बैठक यही कार्तिक २७ गते सम्मका लागि स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा २७ गते बिहीबार दिनको १ बजे बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित सदस्यहरुलाई उपस्थितीका लागी आग्रह गरिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।