file photo

आजदेखि फाखेल–फर्पिङ सडक खण्ड दुई महिना बन्द हुने भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानी, हुमाने, फाखेल सडक र हुमाने मातातीर्थ हुँदै काठमाण्डौको टेकु जोड्ने सडक निर्माण र स्तरोन्नति गरिने भएकाले आउँदो फागुन १५ गतेसम्म बन्द हुने भएको हो ।
आजदेखि आउँदो फागुन १५ गतेसम्म फाखेल–फर्पिङ सडक खण्डमा गाडी आवागमन बन्द गरिएको छ । इन्द्रसरोवर गाउँपालिकाका सूचना अधिकारी दीपक चापागाईँले बताउनु भयो । वैकल्पिक यात्राका लागि हेटौँडा–भीमफेदी(कुलेखानीबाट इन्द्रसरोवरको सिस्नेरी दक्षिणकाली तथा कुलेखानीको कलङ्की हुँदै मार्खु र चित्लाङको बाटो हुँदै काठमाण्डौको थानकोट पुग्ने सडक प्रयोग गर्न सकिने छ ।