इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटलले राजस्थान रोयल्सलाई ४६ रनले पराजित गरेको छ । दिल्लीले दिएको १८५ रनको लक्ष्य पछाएको राजस्थानले १९.३ ओभरमा अलआउट हुदै १३८ रन मात्र बनाएपछि खेल ४६ रनले हारेको थियो । राजस्थानका लागि राहुल तेबातियाले सर्बाधिक ३८ रन बनाएका थिए भने यजश्यी जसिवलले ३४ रन बनाएका थिए । त्यस्तै कप्तान स्टिभ स्मिथले २४ रन बनाए भने जस बटलरले १३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन ।
त्यस्तै दिल्लीका बलर कागीसो रबाडाले ३ विकेट लिए भने आर आश्विन र मार्कोस स्टोइनिसले २-२ विकेट लिएका थिए । त्यस्तै एनरीच नोर्त्जे, हर्षल पटेल र अक्सर पटेलले एक एक विकेट लिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउदै १८४ रन बनाएको थियो । लल्लीका लागि शिमरन हेटमेयरले सर्बाधिक ४५ रन बनाए भने मार्कोस स्टोइनिसले ३९ रन बनाएका थिए । त्यस्तै श्रेयस अय्यरले २२, पृथ्वी शाले १९, अक्सर पटेलले १७, हर्षल पटेलले १६ रन बनाएका थिए ।
त्यसैगरी राजस्थान रोयल्सका बलर जोफ्रा आर्चरले ३ विकेट लिए भने, कार्तिक त्यागि, एन्ड्रयु टारे र राहुल तेबातियाले एक एक विकेट लिएका थिए । यो जितसँगै दिल्ली क्यापिटलले ६ खेलमा ५ खेलमा जित हासिल गर्दै १० अंकसहित अंक तालिकामा शिर्ष स्थानमा पुगेको छ । दिल्लीले अहिलेसम्म एक खेलमा हार बेहोरेको छ । त्यस्तै राजस्थानको भने यो चौथो हार हो । ६ खेलमा ४ खेल हारेको राजस्थानले २ खेलमा जित हासिल गरेको छ । आइपिएलअन्तर्गत आज दुई खेल हुदै छन् । आज पहिलो खेल किंग्स इलेभेन पञ्जाब र कोलकोता नाइटराइडर्सबीच हुदै छ भने दोस्रो खेल चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच हुदै छ । दिल्लीले यस अघि खेलेका ५ खेलमा ४ खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ, त्यस्तै राजस्थानले ५ खेलमा २ खेल जितेको छ भने ३ खेलमा हार बेहोरेको छ ।