देशभर कोरोना संक्रमति प्रहरीको संख्या ४ हजार ७ सय ४१ पुगेको छ । जसमध्ये २ हजार ८ सय ५९ जना डिस्चार्ज भएका छन् । सुरक्षा निकायमध्ये सबैभन्दा बढी कोरोना संक्रमण प्रहरीमै देखिएको छ । हाल प्रहरीमा १ हजार ८ सय ८२ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमा प्रहरी प्रधान कार्यालयका मात्रै ३ सय ५८ र उपत्यकाका ६ सय १४ जना छन् । जसअनुसार प्रदेश १ मा १५३ जना, प्रदेश २ मा ९० जना, वाग्मती प्रदेशमा १४० जना, गण्डकी प्रदेशमा १७५ जना, लुम्बीनी प्रदेशमा १८२ जना, कर्णाली प्रदेशमा ४२ जना र सुदूरपश्चिम प्रदेशमा १२८ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।