मकवानपुर– कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै मकवानपुरमा गत साउन २६ गतेदेखि जारी निषेधाज्ञा हट्ने भएको छ । आज बसेको कोभिड–१९ को रोकथाम नियन्त्रण र न्यूनीकरणका लागि गठित जिल्लास्तरीय (कमाण्ड पोष्ट) को बैठकले जारी निधेषाज्ञा हटाउने निर्णय गरेको हो ।
बैठकले मापदण्ड बनाएर निषेधाज्ञा खोल्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो । बैठकले निषेधाज्ञाको स्वरुप परिर्वतन गरेर हटाउने निर्णय भएको उहाँले बताउनुभयो । “निषेधाज्ञा हटाईए पनि सबै कुरा खुल्ला गरेका छैनौं उहाँले भन्नुभयो ।” बैठकले विहान ६ बजेदेखि १० बजेसम्म सबैखाले पसल संचालन गर्न दिने र विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बैंक तथा वित्तिय संचालन हुने उहाँले बताउनुभयो । त्यस्तै खाद्यान्न लगायतका सामग्री लोड अनलोडको समय बेलुका ७ बजेदेखि विहान ५ बजेसम्मका लागि निर्धारण गरिएको छ । त्यस्तै सिमा नाकामा थप कडाई गर्ने र स्वास्थ्य सम्बन्धी मापदण्डको पुर्ण पालना गर्न लगाउने निर्णय गरेको छ । यो निर्णय आगामी २५ गते सम्मका लागि जारी गरिएको समेत प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिनुभयो । मकवानपुरमा काेराेना संक्रमण बढेपछि गत साउन २६ गतेदेखि भदाै १६ गते अर्थात आज राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएकाे थियाे ।