मकवानपुर– हेटौंडा–६ गौरिटार स्थित आइसोलेसन वार्डमा विभिन्न व्यक्ति एवम संघ संस्थाले सहयोग गरेका छन् । शुक्रबार आइसोलेसन वार्डका लागि जेनेरेटर, खानेपानी लगायतका सहयोग प्राप्त भएको हो ।
आइसोलेसनको लागि मकवानपुरका सञ्चार उद्यमी तथा बानका केन्द्रीय उपाध्यक्ष उज्वल चौँलागाईले जेनेरेटर उपलब्ध गराउनुभएको छ । आइसोलेसन वार्डमा विद्युतको समस्या आएकाले उहाँले सहयोग गर्नुभएको हो । उहाँले आइसोलेसन सञ्चालन अवधिभर जेनेरेटर सहयोग गर्ने बताउनुभएको छ । यस्तै सो अवधिभर युवा व्यवसायी निर्मल देवकोटाभाइले जेनेरेटरमा लाग्ने इन्धन दिने प्रतिवद्धता गर्नु भएको समेत उहाँले जानकारी दिनुभयो ।
त्यस्तै आजै आइसोलेसन वार्डमा बस्ने कोरोना सङ्क्रमितहरुका लागि पानी र फलफुल सहयोग गरिएको छ । आज हेटौंडा–६ र हेटौंडा–१६ का तरुण दलले संयुक्त रूपमा एक सय कार्टुन खानेपानी र फलफुल तथा तरुण दल नगर सदस्य ज्ञानु महर्जनले व्यक्तिगत रूपमा ५० कार्टुन खानेपानी सहयोग गर्नुभएको हो । यसअघि हिजाे कुखुरा व्यवसायी संघले आइसोलेसन वार्डमा बस्नेहरूलाइ दैनिक २ वटा अण्डा र हप्ताको २ दिन कुखुराको मासु खाने व्यवस्था गरेर सहयाेग गरेकाे छ । संघले एक महिनासम्म सहयाेग गर्ने जनाएकाे छ ।