मकवानपुर– मकवानपुरमा शुक्रबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार हेटौंडा उपमहानगरपालिकाका मात्र २८ जना र थाहा नगरपालिकाका २ जना गरि ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभएको छ ।
गत साउन ३२ गते सङ्कलन गरिएको स्वाब नमूनाको आज रिपोर्ट आएको हो । आज सङ्क्रमित पुष्टि हुनेमा १० वर्षीय बालकदेखि ८२ वर्षीय वृद्धा समेत रहेको चौलागाईले बताउनुभयो । अझै साउन १ देखि ५ गते सम्म स्वाब संकलन गरिएका ७९१ जनाको रिपोर्ट आउन बाँकी रहेको उहाँले बताउनुभयो ।