प्रधानमन्त्री शेरबहादुर देउवाले असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको नेपाल सरकार नेपाली भूमिको रक्षा गर्न प्रतिवद्ध रहेको उल्लेख गर्नुभएको छ । उहाँले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएको कुरामा सरकार प्रष्ट रहेको उल्लेख गर्नुभयो। ‘नेपाल सरकार असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको छ । नेपाल सरकार नेपाली भूमिको रक्षा गर्न प्रतिवद्ध छ’’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो भन्ने कुरामा नेपाल सरकार प्रष्ट छ।’’ प्रधानमन्त्री देउवाले सीमा सम्बन्धी विषयलाई नीति तथा कार्यक्रममा उल्लेखनीय स्थान दिएको प्रष्ट पार्नुभएको छ। प्रधानमन्त्री देउवाले गेटा मेडिकल कलेज सञ्चालनको तयारी भएको र त्यसका लागि बजेटबाट सम्बोधन गरिनेसमेत प्रष्ट पार्नुभएको छ।