मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा तीन दिने निशुल्क आँखा शिविर हुने भएको छ । इन्द्रसरोवर गाउँपालिका र हेटौंडा सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा पालिकाकाे विभिन्न ५ स्थानमा निःशुल्क आँखा शिविर हुने गाउँपालिकाले जनाएकाे छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रलाद कार्कीका अनुसार आँखा शिविर असाेज १०, ११ र १२ गते संचालन हुने छ । उहाँका अनुसार असाेज १० गते बुधबार फाखेल स्वास्थ्य चौकी र ५ नम्बर वडा कार्यालय चखेलमा, ११ गते बिहिबार सिस्नेरी स्वास्थ्य चौकी र मार्खु स्वास्थ्य चौकीमा र असाेज १२ गते शुक्रबार इन्द्रसरोवर ग्रामीण आँखा केन्द्रमा हुने शिविर संचालन हुने छ । उहाँले गाउँपालिकाको अभियान सफल पार्न साथै निशुल्क आँखा जाँच गराइ सेवा उपभाेग गर्न अनुराेध समेत गर्नु भएकाे छ ।
निःशुल्क आँखा शिविरमा मोतिविन्दु पहिचान भएका विरामीहरुका लागि इन्द्रसरोवर ग्रामीण आँखा केन्द्रले कुलेखानीमा शनिबार निःशुल्क शल्यक्रिया गरिने गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख मन्नुनाथ अधिकारीले जानकारी दिनुभयो । शिविरमा आँखा जाँच गर्न हेटौंडा र काठमाडौबाट चिकित्सक र स्वास्थ्यकर्मीको टोली खटिने उहाँले बताउनुभयाे ।