मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा मंगलबार (आज) पालिकास्तरीय बृहत विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । इन्द्रसरोवर गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा एकदिने विज्ञान प्रदर्शनी कार्यक्रम भएको हो ।
विद्यार्थीहरुमा बैज्ञानिक संस्कारको विकास गर्दै खोज तथा अनुसन्धानमा प्रोत्साहन गर्ने उद्वेश्यका साथ गाउँपालिकाले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा गाउँपालिकाभित्र संचालित माध्यमिक तह (कक्षा ९ देखि १२ सम्म) का विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले खोज तथा आविस्कार गरेका विज्ञानका सामग्रीहरु प्रदर्शन गरेका थिए । विद्यार्थीहरुमा वैज्ञानिक संस्कारको विकास गर्दै खोज तथा अनुसन्धानमा प्रोत्साहन गर्ने उद्देश्यले वैज्ञानिक प्रदर्शनीको आयोजना गरिएको कार्यक्रममा ६ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख धर्मानन्द पन्तले जानकारी दिनुभयो ।
प्रदर्शनीमा इन्द्रसरोवर–५, को महाचुनी मावि प्रथम, इन्द्रसरोवर–२ को पञ्चकन्या मावि दोस्रो र इन्द्रसरोवर–३ को बत्सला देवी मावि तेस्रो भएको उहाँले बताउनुभयो । प्रदर्शनीमा प्रथम हुनेले १० हजार, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार पाएका छन् । गाउँपालिकाको सभाहलमा भएकाे प्रदर्शनीमा एउटा विद्यालयबाट ३ जना विद्यार्थीकाे सहभागिता थियाे ।