काठमाडौँ । चाडपर्व लक्षित नयाँ नोट सटहीका लागि नेपाल राष्ट्र बैङ्कले तयारी थालेको छ । राष्ट्र बैङ्कले प्रत्येक वर्ष दसैँ तिहारलाई लक्षित गरी नयाँ नोट सटहीको व्यवस्था गर्दै आएको छ । यस वर्ष पनि घटस्थापनादेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी थालेको हो ।
राष्ट्र बैङ्कले ५, १०, २०, ५० र १०० दरका एक एक बन्डल नोट सटहीको सुविधा उपलब्ध गराउने छ । यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले सटही सुविधा उपलब्ध गराउने जनाएको छ । बैङ्क तथा वित्तीय संस्थाबाटै नोट साट्न सकिने छ । राष्ट्र बैङ्क र प्रादेशिक कार्यलयहरुबाट समेत नयाँ नोट साट्न पाइने छ ।