हेटौंडा – मकवानपुरमा थप ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ६४ जनामा गरिएको पिसिआर परीक्षणमा ५५ जना र ९२ जनामा गरिएको एन्टीजेन परीक्षणमा थप २० जना गरी थप ७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
यसैगरि पछिल्लो २४ घण्टामा थप ६९ जनाले कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लामा हाल ६ सय ३६९ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ५ सय ९४ जना घरमा र ६३ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् । त्यसैगरी कोरोनाबाट हालसम्म मकवानपुरमा १३३ जनाको मृत्यु भएको छ ।











