मकवानपुर– मकवानपुरको थाहा नगरपालिकाले यो वर्षको हरितालिका तीज पर्व घरमै सबेर मनाउन आग्रह गरेको छ । नगरपालिकाले बिहीबार एक सुचना जारी गर्दै यो वर्षको हरितालिका तीजमा मन्दिर नजान तथा स्वास्थ्यका मापदण्ड पुरा गर्दै घरमै बसेर तीज मनाउन आग्रह गरेको हो ।
नगरपालिकाले हाल निषेधाज्ञा जारी रहेकोले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्किन समेत आग्रह गरेको छ । चाडबाडको नाउँमा भीडभाड गर्न, सामुहिक नाचगान गर्न, मठमन्दिर जान र अनावश्यक रुपमा बाहिर हिँडडुल गर्न बन्देज गरिएको नगरपालिकाले जनाएको छ । अघिल्ला वर्षहरुमा जस्तो साथीभाइ, आफन्त र इष्टमित्र भेला भएर महिलाहरुको महान चाड मनाउन सकिने अवस्था नरहेको भन्दै नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर घरमै तीज मनाउन आग्रह गरेको छ ।

teejjjj-1597925738.jpg