मकवानपुर– जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना संक्रमणको जोखिम बढीरहेको अवस्थामा आफ्नै घरभित्र बसेर चाडपर्व मनाउन अनुराेध गरेको छ । कार्यालयले विहीबार एक सूचना जारी गर्दै जनस्वास्थ्यका मापदण्डहरु पालना गरेर आफ्नो परिवारका सदस्यहरु मात्रै संलग्न हुनेगरी चाडपर्व मनाउन आम मकवानपुरबासीहरुलाई अनुराेध गरेको हो ।
कार्यलयले मकवानपुरका १० वटै स्थानीय तहमा रहेका धार्मिकस्थलहरुमा दैनिक गरिदै आएका नित्य पुजाआज बाहेक अन्य गतिविधि सञ्चालन नगर्न नगराउन समेत अनुरोध गरेको छ । यदि प्रशासनको आग्रह विपरितको कार्य भएको फेला परेमा कानून बमोजिम कारबाही गरिने सुचनामा उल्लेख गरिएको छ ।
