हेटौंडा– मकवानपुरको मनहरि गाउँपालिकामा मदन भण्डारी स्मृति खेलकूद मैदान निर्माण सुरु भएको छ । मनहरी–७ को रमौलीमा २० बिघा जमीनमा मदन भण्डारी स्मृति खेलकूद मैदानका साथै आवश्यक पूर्वाधार निर्माण शुरु भएको हो ।
पहिलो चरणमा खेलकूद मैदानको परिसर निर्माण शुरु भइरहेको छ । पश्चिमी क्षेत्रको सबैभन्दा ठूलो खेलकूद मैदानका रुपमा यसलाई विकास गर्न लागिएको जनाइएको छ । गाउँपालिकाले जग्गा उपलब्ध गराई विस्तृत परियोजना प्रतिवेदन तयार गरेपछि मैदान निर्माण प्रारम्भ भएको गाउँपालिकाका अध्यक्ष एकराज उपे्रतीले जानकरी दिनुभयो । मैदान निर्माणका लागि वाग्मती प्रदेश सरकारले रु ४० लाख तथा सङ्घीय सरकारले रु ३० लाख उपलब्ध गराएका छन् । मैदान पूर्वाधार निर्माण पूरा गर्न रु ५४ करोड लाग्ने जनाइएको छ ।