तोलाको १ लाख नाघेको सुनको मूल्य बिहीवार १ हजार ६ सय रुपैयाँले घटेको छ । बिहिबार सुनको मूल्य तोलाको ९८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तोलाको १ लाख ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी बिहिबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । बिहिबार चांदी तोलाको १ हजार ३ सय ६० रुपैयाका कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा लगातार उतारचढाव भइरहेको छ ।