हेटौंडा । नेकपा एमाले हेटौंडा उपमहानगरपालिको अध्यक्षमा शालिकराम पुडासैनी चयन भएका छन् । आज भएको पालिका अधिवेशनले पुडासैनीको नेतृत्वमा ८५ सदस्यीय उपमहानगर कमिटी निमार्ण भएको छ । कमिटीको उपाध्यक्षमा नवराज खतिवडा, सचिवमा बोलबहादुर कार्की, उपसचिवहरुमा उर्मिला श्रेष्ठ र जेन श्रेष्ठ चयन भएका छन् ।