राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले साग खेलकुदमा सामान खरिद गर्दा भएको अनियमितताको छानबिन गर्न समिति गठन गरेको छ । परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले साग प्रतियोगिताको दौरानमा ब्याडमिन्टन खेलका खेलाडीको जुत्ता र म्याट खरिदका भएको भनिएको अनियमितताको बिषयमा छानबिन गर्न समिति गठन गरेका हुन् ।
राखेप सदस्य सचिव सिलवालले बोर्ड सदस्य गोबिन्द भट्टराईको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका छन् । समितिमा भट्टराई सहित अर्जुन बिक, महेन्द्रकुमार राई, नारायण अर्याल, पासाङ शेर्पा सदस्य रहेका छन् । समितिलाई २१ दिनभित्र घटनाको छानबिन गरी प्रतिवेदन पेश गर्न समय दिईएको छ ।१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा विभिन्न खेल र खेलाडीको सामान खरिदमा अनियमितता भएको खबर सार्वजनीक भएसंगै युवा तथा खेलकुद मन्त्रालयले राखेपलाई छानबिन गरी आवश्यक कारबाही गर्न निर्देशन दिएको थियो ।