उपमहानगरपालिकाले सहयाेग नगरेकाे वडाअध्यक्षकाे गुनासाे

मकवानपुर– हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९, मा जनस्तरबाटै १५ बेडको क्वारेन्टाईन संचालन भएको छ । वडा कार्यालयको व्यवस्थापनमा सञ्चालित उक्त क्वारेन्टाईन करीब ३ महिनादेखि विभिन्न व्यक्ति एवम् संघ, संस्थाको सहयोगद्धारा संचालनमा रहेको छ ।

क्वारेन्टाईन सञ्चालनका लागि हेटौंडा उपमहानगरपलिकाले कुनै सहयोग नगरेको वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले बताउनुभयो । “वडाले सम्पुर्ण व्यवस्थापन गरे पनि विभिन्न व्यक्ति एवम् संघ संथाको सहयोगमा क्वोन्टाईन सञ्चालित छ ।” अध्यक्ष भण्डारीले भन्नुभयो । यस्तो परिस्थितिमा पनि उपमहानगरपालिकाले सहयोग नगरेको प्रति उहाँले गुनासो गर्नुभयो । वडामा बाहिरबाट आउने नागरिकहरुको संख्या बढ्दै गएको र संक्रमण फैलने जोखिम बढ्ने महसुस गरेर बाहिरबाट आउने वडा भित्रका नागरिकलाई राख्नको लागि वडामै क्वारेन्टाईन सञ्चालन गर्ने वडा समितिको निर्णय बमोजिम नै क्वारेन्टाईन सञ्चालन भएको तर, सरोकारवाला निकाय हेटौंडा उपमहानगरपालिकाबाट वेवास्ता हुँदा केहि अप्ठ्यारोको सामना समेत गर्नुपरेको उहाँले बताउनुभयो । “हामीले वडा कार्यालयबाट बैठक बसेर निर्णय सहित पठाएका छौं, आँफै नगरपालिका पुगेर व्यक्तिगत रुपमा पटक–पटक भेटेर कुरा गरेको छु , तर अहिले सम्म कुनै सहयोग पाएका छैनौं ।” उहाँले भन्नुभयो ।

जिल्ला समन्वय समिति मकवानपुरबाट क्वारेन्टाई निर्माणका सामग्री प्राप्त भएपछि गत असास १० गतेबाट क्वारेन्टाई सुरु गरिएको हो । “जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलालको सहयोगमा जिससबाट आन्तरिक व्यवस्थापनका समग्री प्राप्त ग¥यौं, बाँकी विभिन्न व्यक्ति एवम् संघ संस्थाबाट सहयोग भएको छ” उहाँले भन्नुभयो । क्वारेन्टाईनमा हेटौंडा सिमेन्ट उद्योग, मानवसेवा आश्रम, सियान पुर्नस्थापना केन्द्रलगायतका संस्था एवम् विभिन्न व्यक्तिको सहयोग रहेको उहाँले बताउनुभयो । दिव्यज्योति प्राथमिक विद्यालयमा सञ्चालित उक्त क्वारेन्टाई अन्यत्र व्यवस्थापन गर्ने तयारी भएको समेत अध्यक्ष भण्डारीले बताउनुभयो । विद्यालयबाट क्वरेण्टीन हटाउने सरकारकाे निर्णय अनुसार अन्यत्र व्यवस्थापन गर्ने तयारी भएको उहाँले बताउनुभयाे ।
क्वारेन्टाईनमा हालसम्म करीब ५० जनाले सेवा लिईसकेका छन् भने, आजका दिनमा पनि ९ जना क्वारेन्टाईनमा बसेका छन् । वडामा बुधबारसम्म १८ जानामा कोरोना संक्रमण पुष्टि भएको साथै अझै २२ जनाको रिपोर्ट आउन बाँकी रहेको उहाँले बताउनुभयो ।